fbpx

यसरी हुँदैछ न्युरोडमा फूलमाला किनबेच [फोटोफिचर]

नेपाल र भारतीय फूल व्यापारीले यतिबेला राम्रै फाइदा लिने गरेका छन् । एक झुप्पोको मालालाई ७ सयदेखि २५ सय रुपैयाँसम्म पर्दछ । सयपत्रीको झुप्पोमा तीनदेखि पाँचवटासम्म माला राखिएको हुन्छ ।  अन्य जिल्ला सदरमुकाम, प्रदेशमा जस्तै काठमाडौं न्यूरोडमा आज फूलमालाको किनबेच धमाधम भइरहेको छ । व्यापारीहरुले मखमलीको फूल पनि बेच्न राखेका छन् । लक्ष्मी पूजाको दिन बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायत ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न बिहानैदेखि घरको सरसफाई एवम् लिपपोत गर्ने गरिन्छ ।

Comments

comments