fbpx

​आजबाट तिहार सुरु, काग तिहार मनाइँदै

कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन कागको पूजासँगै नेपालीको दोस्रो महान् चाड तिहार मंगलबारबाट सुरु भएको छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ ।

तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै छ । धार्मिक मान्यता अनुसार यमराजको सन्देशबाहकको रुपमा मानिएको कागलाई पूजा गरेर मिठो खानेकुरा दिने चलन रहेको छ ।

यस दिन कागलाई पूजा आजा गरी खान नदिइ आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने समेत धार्मिक विश्वास रहेको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भन्ने गरिन्छ ।

तिहारका पाँच दिन क्रमशः काग, कुकुर, गाई (लक्ष्मी), गोरु (गोवद्र्धन) र अन्तिम दिन भाइटीका लगाई मनाइन्छ । यस वर्षको भाइटीकाको उत्तम साइत मध्याह्न ११ बजेर ५१ मिनेटमा रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।

Comments

comments