fbpx

चिनियाँ नागरिकलाई नागरिकताको लागि सिफारिस गर्ने महानगरका वडा सचिव पौडेल पक्राउ

कार्तिक १७, २०७४-चिनियाँ नागरिकलाई नागरिकताका लागि सिफारिस गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ११ का सचिव रामप्रसाद पौडेललाई पक्राउ गरेको छ । चिनियाँ नागरिक कुङगा तेन्जिङ भुटियाले तेन्जिङ लामाको नाममा वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिक लिएका हुन् ।

कुङगाले नेपाली पासपोर्टसमेत लिइसकेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले कुङगा, पौडेल र नागरिकता बनाउन सहयोग गर्ने कर्मा धिन्डुप घलेलाई पक्राउ गरेको छ । चिनियाँ नागरिक कुङगा कपडा व्यपारसँग आवद्ध छन् ।

केन्द्रीय अनुसन्धान व्युरो प्रमुख पुष्कर कार्कीले पौडेल र घलेले कुङगाबाट मोटो रकम लिएर नागरिक बनाउन सहयोग गरेको बताए । पौडेल अघिका वडा सचिव युवराज खनालले कुङगालाई नेपाली नागरिकरुपमा जन्म दर्ता गराएका थिए ।

महानगरका अनुसार  सिआइबीले खनालको खोजीकार्य तीव्ररुप अघि बढाएको छ । ‘पक्राउको लागि सहयोग गर्न प्रहरीले महानगरलाई पत्राचार गरेको छ,’ महानगरका एक अधिकारीले भने, ‘खनालजी अफिस नै आउनु भएको छैन ।’ घलेले गुम्बामा बस्ने तिब्बेतीयनमूलका नागरिकसँग पैसा लिएर नागरिकता र पासपोर्ट बनाउने काम गर्दै आएको प्रहरीको भनाइ छ

 

Comments

comments