fbpx

सुर्खेत – खोलामा नुहाउन जादाँ पानीमा डुबेर ७३ वर्षिय शाहीको मृत्यु

 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्रा निवासी लोकबहादुर शाहीको पानीमा डुबेर मृत्यु भएको छ।

सोमबार घर नजिकैको झुप्रा खोलामा नुहाउन गएका ५३ वर्षीय शाहीको खोलाको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिए।

घरबाट नुहाउन भनी गएका उनी नफर्केपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। खबर हुने बित्तिकै उनको खोजतलास गर्दा सोमबार बेलुका ६ः३५ बजे मृतावस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए।

उनका अनुसार मृत फेला परेका शाहीको प्रारम्भिक अनुसन्धान पूरा गरी शव परीक्षणका लागि सोमबार राति नै क्षेत्रीय अस्पताल सुर्खेतमा पु–याइएको छ। शव परीक्षण गरी आजै उनका आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।

Comments

comments