fbpx

फिचर

अर्जुनधारा नगरपालीका स्थित सुर्य ज्योती बिद्यालयमा साईबर सुरक्षा सम्बन्धी प्रशिक्षण

अर्जुनधारा नगरपालीका स्थित सुर्य ज्योती बिद्यालयमा साईबर सुरक्षा सम्बन्धी प्रशिक्षण

Cyber Events, टप बक्स, फिचर
२ फेब्रुअरी २०१८, इलाम जिल्लाको माई नगरपालीकाको ईलाम न्यु लाईट इंगलिस माध्मिक बिद्यालयमा १ दिने साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको ८, ९,१० मा अध्यनरत बिद्यार्थी एवम शिक्षकहरु को बाक्लो उपस्थिती रहेको थियो । साईबर सेक्युरिटी ईन्टरन्यासनलका पूर्वान्चल निर्देशक एवं प्रशिक्षक निरज अधिकारीले सहभागिहरुलाई साईबर अपराध भनेको के हो, कसरि घटछ, र यसबाट आँफु, परिवार, र समाजलाई कसरि सुरक्षित गराउन सकिन्छ भन्ने बिषयमा प्रयोगात्मक प्रशिक्षण सहित कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । भिन्न शिलीमा प्रस्तुत गरिएको कार्यक्रमका सहभागिहरुले उक्त कार्यक्रमबाट अत्यन्तै प्रभावित भएको प्रतिकृया दिनु भएको थियो । साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्
यी ४ बानी छालाको सुन्दरता बिगर्छ

यी ४ बानी छालाको सुन्दरता बिगर्छ

फिचर
साबुनले मुख धुनाले मुखमा भएको म्वइस्चराइजर कम हुन्छ र अनुहार फुस्रो बन्छ । जीउमा दल्न पनि तेलमिश्रित साबुन, बडीवास अथवा सुगन्ध नमिसाइएको साबनु छान्नुपर्छ । तातो पानीले धेरै बेर नुहाउनु तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुख्खा र फुस्रो बनाउँछ । त्यसैले तातो पानीले १० अथवा १५ मिनेटभन्दा बढी नुहाउनु हुँदैन ।   नुहाएपछि तौलियाले बेस्कन पुछ्नु नुहाएपछि हामी कपाल र शरीरलाई तौलियाले बेस्कन पुछ्ने गर्छौं । यसो गर्दा छाला रगडिने, यसको म्वइस्चराइजर उड्ने गर्छ । नुहाएपछि जोडले कपाल पुछ्यो भने कपाल झर्ने गर्छ । त्यही भएर नुहाएपछि तौलियाले बिस्तारै पुछेर शरीरलाई ओभानो बनाउनुपर्छ । जाडोमा सन्सक्रिम नलगाउनु जाडोमा घामले त्यति नपोल्ने भएकाले हामी गर्मीमा मात्र अनुहारमा सनस्क्रिन क्रिम लगाउने गर्छौं । तर

​आजबाट तिहार सुरु, काग तिहार मनाइँदै

फिचर
कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन कागको पूजासँगै नेपालीको दोस्रो महान् चाड तिहार मंगलबारबाट सुरु भएको छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै छ । धार्मिक मान्यता अनुसार यमराजको सन्देशबाहकको रुपमा मानिएको कागलाई पूजा गरेर मिठो खानेकुरा दिने चलन रहेको छ । यस दिन कागलाई पूजा आजा गरी खान नदिइ आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने समेत धार्मिक विश्वास रहेको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भन्ने गरिन्छ । तिहारका पाँच दिन क्रमशः काग, कुकुर, गाई (लक्ष्मी), गोरु (गोवद्र्धन) र अन्तिम दिन भाइटीका लगाई मनाइन्छ ।